२०८१ कार्तिक ६, १८:२६

दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो जित

जोहन्सबर्ग-भारतले टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो जित निकालेको छ। जुन

तीन खेलको टी-२० सिरिजको अन्तिम खेल जितेसँगै भारतले सिरिज १-१ को बराबरी गरेको छ।

यसअघि पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेमला दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको थियो।

जोहन्सबर्गको वान्डरस स्टेडियममा भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको आयोजक दक्षिण अफ्रिका १३.५ ओभरमानै अलआउट हुँदै ९५ रनमा समेटियो। उसका लागि डेभिड मिलरको ३५ रन सर्वाधिक रह्यो।

भारतका लागि कुलदीप यादवले २.५ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिएका थिए। त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिंदा मुकेश कुमार र अर्सदीप सिंहले समान १-१ विकेट लिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *