२०८१ कार्तिक ६, १६:३२

हमासविरुद्धको इजरायलको लडाइँलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने :इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्या

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको इजरायलको लडाइँलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने बताएका छन्।

नेतन्याहुले सोसल मिडिया प्लेटफर्म एक्समा एक भिडियो शेयर गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘मैले मैदानमा रहेका कमाण्डरहरू यो लडाइँलाई अन्तिम समयसम्म जारी राख्नेछौं भनी भनेकाे छु। र यसमा कुनै प्रश्न नै छैन। हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि म यो भन्दैछु।’

यसअघि गाजामा युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा पारित भएको थियो। यस अवसरमा इजरायली विदेशमन्त्री एली कोहेनले यो युद्ध ‘विश्वव्यापी दबाब र विश्वव्यापी दबाब बिना’ दुवै परिस्थितिमा जारी रहने बताए।

उनले भने, ‘अहिलेको चरणमा युद्धविराम आतंकवादी संगठन हमासका लागि उपहार हो, यदि युद्ध रोकियो भने हमास फर्कनेछ र इजरायलीहरूका लागि खतरा फेरि बढ्नेछ।’

हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोष जुटाउने कार्यक्रममा इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदै गएको बताएका थिए।

 

हमासविरुद्धको इजरायलको लडाइँलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने :इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्या

मंसिर २८ गते बिहिवारको राशिफल

हमासविरुद्धको इजरायलको लडाइँलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने :इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्या

“न जिस्कनु आगोसंग पानीसंग न जिस्कनु” गजल

Leave a comment

Your email address will not be published. Required fields are marked *