२०८१ कार्तिक ६, १६:२६

करारका कर्मचारीहरूलाई समेत स्थायी कर्मचारी सरह सुविधा पाउने कोसी निजामती सेवा ऐन २०७९ पारित

बिराटनगर- कोसी प्रदेश प्रदेश सभाले प्रदेश निजामती सेवा ऐन २०७९ पहिलो संशोधन ऐन २०८० आज सर्वसम्मत रुपले पारित गरेको छ ।

सो ऐनमा प्रदेशमा समायोजन भएर आएका र चार वर्षीय कार्यकालको समयअवघि पूरा गरेका चौथो तहका कर्मचारीहरूलाई एक पटकका लागि ५ औं तहमा स्वतः बढुवा हुने व्यवस्था गरेको छ।यसप्रकारबाट समायोजन भएका कर्मचारीहरूलाई पहिले आएकालाई पहिले र पछि आएकालाई पछि बढुवामा प्राथमिकतासमेत तोकिएको छ ।

चौथो तह भन्दा माथिका प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरूलाई एक तह बढुवाका लागि थप क्षैशिक योग्यता आबश्यक नपर्ने ऐनले व्यवस्था गरेको छ ।

प्रदेशका करारका कर्मचारीहरूलाई समेत स्थायी कर्मचारी सरह पर्व खर्च, भत्ता, पोशाक खर्च, महंगी भत्ता र विदाको सुविधा पाउने व्यवस्था ऐनले गरेको छ ।

 

करारका कर्मचारीहरूलाई समेत स्थायी कर्मचारी सरह सुविधा पाउने कोसी निजामती सेवा ऐन २०७९ पारित

रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २

करारका कर्मचारीहरूलाई समेत स्थायी कर्मचारी सरह सुविधा पाउने कोसी निजामती सेवा ऐन २०७९ पारित

समाजवादी जागरण अभियान’ले समाजमा तरङ्ग सृजना :

Leave a comment

Your email address will not be published. Required fields are marked *