२०८१ कार्तिक ६, १६:३०

बस चोरेर चितवन लैजाँदै गरेको अवस्थामा १७ वर्षीय किशोर पक्राउ

पर्वत : पोखरामा पार्किङ गरेर राखेको बस चोरेर चितवन लैजाँदै गरेको अवस्थामा १७ वर्षीय किशोर पक्राउ परेका छन्।

बस चोरिएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालय र अन्य जिल्लाका प्रहरी कार्यालयहरूमा समेत जानकारी गराएर प्रहरीले बसको खोजी थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार गत शुक्रवार पोखरा महानगरपालिका–९ पृथ्वी चोकमा पार्किङ गरिरहेको ग १ ख ९६३८ को बस हराएको थियो।

खोजतलासका क्रममा तनहुँ म्याग्दे गाउँपालिका–३ बस्ने १७ वर्षीय किशोर आफैँले चलाएर लैजाँदै गरेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा बस फेला परेको हो।

पक्राउ परेका ती किशोरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बिकले बताए।

 

मंसिर २५ गते सोमवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *