२०८१ कार्तिक ६, १४:२१

राप्रपा विद्यार्थी संगठन मेचीनगरकाे अध्यक्षमा श्रेष्ठ चयन

झापा, २३ मंसिर । झापाको मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गठन गरिएको छ ।

शुक्रबार मेचीनगर-८ इटाभट्टामा आयोजित विद्यार्थी भेलाका बीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नगर समिति गठन गरिएको हाे। सोबियत श्रेष्ठको अध्यक्षता गठित ३१ सदस्यीय समितिको उपाध्यक्षमा अमृत खतिवडा, सचिवमा सागर न्यौपाने रहेका छन् । कोषाध्यक्षमा शारदा शिवाकोटी र सहसचिवद्वाेयमा विशाल भट्टराई र पर्वत खनाल रहेका छन् ।

उक्त अवसरमा १९ सदस्यीय आदर्श मावि मेचीनगर इकाइ समितिसमेत गठन गरिएको प्रसाईंले बताए ।

मानबहादुर दर्जीको अध्यक्षतामा कक्षा ११-१२ मा अध्ययनरत विद्यार्थीहरु बीच समिति गठन गरिएको उनले बताए । राप्रपा युवक संगठनका राजु शिवाकोटीको प्रमुख अथितिमा सम्पन कार्यक्रममा विद्यार्थी संगठनका चरण प्रसाईं, हिमाल बजगाई,  सन्जोक खनाल, सागर शिवाकोटी, शिव गौतम लगायतको सहभागिता रहेको थियो ।

सन्जोक खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन चरण प्रसाईंले गरेका थिए ।

आजको २३ मंसिर २०८० हेर्नुहोस रासिफल

श्री मेची कृषक बहमुखी सहकारी संस्था लि

Leave a comment

Your email address will not be published. Required fields are marked *