२०८१ कार्तिक ६, १६:१६
#ब्रेकिङ न्युज #सूचना

मेसेन्जरमा अब इन्क्रिप्सन अनिवार्य हुने

झापा । मेटाले आफ्नो फेसबुक र मेसेन्जर एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनलाई डिफल्ट बनाएको छ । कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत गोपनीयता र सुरक्षालाई बढावा दिन इन्क्रिप्सन डिफल्ट गरेको बताएकाे हाे ।

यससँगै फेसबुक तथा मेसेन्जर प्रयोगकर्ताको च्याट र कलमा स्वत:  इन्क्रिप्सन लागू हुने मेटाले बताएको छ । इन्क्रिप्ड मेसेजहरूलाई मेटा अथवा अन्य थर्ड पार्टीले पढ्न नसक्ने कम्पनीले जनाएकाे छ ।

त्यस्तै मेसेज पाउने र पठाउने व्यक्तिले मात्र हेर्न पाउने भएकाले इन्क्रिप्सनले व्यक्तिलाई आफ्नो कुराकानी सुरक्षा गर्न सहयोग गर्ने कम्पनीकाे दावी छ ।

 

के हो मेसेजिङ एपमा हुने इन्ड-टु-इन्ड इन्क्रिप्सन ?

इन्क्रिप्सन यस्तो प्रणाली हो, जसले कुनै पनि डेटालाई यस्तो रूपमा परिणत गर्छ, जसले गर्दा अनावश्यक पक्षले त्यो डेटा सजिलै बुझ्न सक्दैनन् । र, उक्त डेटा आधिकारिक पक्षले मात्र बुझ्न सक्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *