२०८१ कार्तिक ७, ०१:००

तराईका थोरै स्थानमा हुस्स र कुहिरो

झापा :कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा हुने अनुमान छ।

तराईका थोरै स्थानमा हुस्स र कुहिरो

मंसिर २२ गते शुक्रवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *