२०८१ कार्तिक ६, १४:३१

व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री ठप्प

काठमाडौं : काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो।

आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयका कारण व्यापारीले बिक्री रोकेका हुन्।

आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलका अनुसार हिजोदेखि व्यवसायीले आलु र प्याजको आपूर्ती ठप्प पारेका  छन्। उनले स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यवहारिक निर्णयका कारण विक्री रोक्नुपरेको बताए।

चालू आर्थिक बर्ष ०८०÷८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए। तर, पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द गर्न बाध्य भएको महासचिव गजुरेलको भनाइ छ।

 

 

मंसिर २१ गते बिहिवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *