२०८१ कार्तिक ६, १२:२७
#छापाबाट

तीन प्रतिभालाई सम्मान गदै लाल–भागिरथा बानियाँ प्रतिष्ठानको कार्यक्रम सम्पन्न

झापा, २० मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जीव शर्मासहित तीन जनालाई सम्मान गरेको छ ।

आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा आयोजना गरिएको ५ औं बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट प्रतिभाका रुपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.शर्मा, उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत, उत्कृष्ट गृहिणी पुरस्कारबाट बिर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई जनही ३१ हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिएको छ ।

लाल–भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे रहेका थिए । उनले असल संस्कार सिकाउन प्रतिष्ठान प्रेरणाकाे स्राेत बनेकाे बताए । ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, सविधान सभा सदस्य अमृत राजवंशी, विर्तामाेड नगर प्रमुख पवित्रा महतरा प्रसाई, पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनाली लगायतका आतिथ्यता रहेकाे थियाे ।

तीन प्रतिभालाई सम्मान गदै लाल–भागिरथा बानियाँ प्रतिष्ठानको कार्यक्रम सम्पन्न

व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *