२०८१ कार्तिक ६, १२:१७

प्यारीभिट्टा बसपार्क पूर्णरुपमा सञ्चालन गर्न छलफल

झापा । मेचीनगर नगरपालिकाले मेचीनगरकै ठूलो विकास परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालन चुस्तदुरुस्त रुपमा अगाडी बढाउन जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका नेतृत्व तथा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

काँकरभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क करिब दश बर्षपछि गत असोज महिना अर्थात वडादशैं अगाडीदेखि सञ्चालनमा ल्याएको हो ।

नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा बसपार्क निर्माण गरिएको हो ।  झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको प्यारीभिट्टा बसपार्क मेचीनगर नगरपालिकाले विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । तर, त्यसलाई पुर्णरुपमा सञ्चालन गर्न अझै समस्या उत्पन्न भएपछि नगरपालिकाले जनप्रतिनिधी, राजनीतिक दल, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका व्यक्तिहरुसंग रायसहितको छलफल सम्पन्न गरेको छ ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा मेचीनगर परिसरमा सोमबार बिहान आयोजित छलफलमा कोशी प्रदेश सदस्य गोपाल तामाङ, विवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली काँग्रेस क्षेत्रिय सचवि सुरेन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेल, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, रास्वपा क्षेत्रिय सभापति भिम कुवर, राप्रपा मेचीनगर सचिव विशाल बास्कोटा र जसपा मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, पुर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

 

गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा

नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका

Leave a comment

Your email address will not be published. Required fields are marked *