२०८१ कार्तिक ६, १४:३४

धानको कुन्युमा आगलागी हुँदा तीन लाख बराबरको क्षति

झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिका–९ मागुमाडीमा धानको कुन्युमा आगलागी भएको छ ।

मेचीनगर–९ मागुरमाडीका टंकप्रसाद उप्रेतीको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा परालको  कुन्युमा आज दिउँसो आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आगलागीबाट उप्रेतीको घरको झ्यालको एउटा सीसा समेट फुटेको छ भने आगलागीको कारण भने खुल्न नसकेको जनाइएको छ ।

मेचीनगर नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय धुलाबारी र स्थानीयबासीको सहयोगमा आगाे पूर्ण रुपमा नियन्त्रणमा आएकाे मेचीनगर- ९ का वडा अध्यक्ष कन्चन तामाङले जानकारी दिए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *