२०८१ कार्तिक ६, १८:०९
#ब्रेकिङ न्युज

स्पेक्ट्रलाइटले किन्यो आजिएटा ग्रुप बर्हादको एनसेल

काठमाडौँ — एनसेलको माउ कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलको ८० प्रतिशत बिक्री गरेको छ ।

गत बुधबार व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । नेपालमा व्यवसायिक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले जानकारी दिएका थिए ।

एनसेलको बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो ।स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर पनि आचार्य परिवारको स्वामित्व छ ।आचार्य सिंगापुरमा बस्ने नेपाली हुन्।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *