२०८१ कार्तिक ६, १४:०८

सुन तोलाको १ लाख १७ हजार ७ सय

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा दिनानुदिन रेकर्ड कायम भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ। आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *