२०८१ कार्तिक ६, १६:२५

श्री ५ लेखेको शिलालेख इकम कलेजले हटायो

बिर्तामोड : पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको पृथ्वीनारायण शाहको सालिकमा ‘श्री ५’ लेखिएको अनावरण शिलालेख हटाइएको छ।

बिर्तामोड–१ स्थित इकम कलेजमाथि प्रशासनले कारबाही प्रक्रिया अघि बढाएपछि कलेजले उक्त अनावरण शिलालेख हटाएको हो।

शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्पष्टीकरण सोधेका थिए। त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको हो। सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ।

May be an image of monument, temple and text

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *