२०८१ कार्तिक ६, १४:०८

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन्।

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ।

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाने

बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाने

श्री ५ लेखेको शिलालेख इकम कलेजले हटायो

Leave a comment

Your email address will not be published. Required fields are marked *