२०८१ कार्तिक ६, १४:१४

चार महिनामा १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।

विभागका अनुसार चार महिनामा नेपालले ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा ४२ करोड ८९ लाख रुपैयाँको मात्रै नेपालबाट निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँको तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ ।

चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले उल्लेख गरेको छ ।

चार महिनामा  १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात

एकै वर्षमा थपिए देशभर ४६९ निजी अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *