२०८१ कार्तिक ६, १४:०४

लैङ्गकि हिसा विरुद्धकाे र्याली काँकरभिट्टामा

झापा, ९ मंसिर । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा लैङ्गकि हिसा विरुद्ध १६ दिने अभियान सुरु भएकाे छ । लैङ्गकि हिँसा अन्तयकाे सुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यबद्धता भन्ने नाराका साथ आजदेखि काँकरभिट्टामा लैङ्गकि हिसा विरुद्ध १६ दिने अभियान सुरु भएकाे हाे । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे आयाेजनामा सुरु भएकाे अभियानमा आज पहिलाे दिन प्रभात फेरि कार्यक्रम गरेकाे छ ।

काँकरभिट्टामा विभिन्न संघ संस्था र विधार्थीहरुले र्यालीमा प्लेकार्ड सहित  आज बजार परिक्रमा गरेका थिए । उक्त र्याली काँकरभिट्टा बजार परिक्रमा पछि ईलका प्रहरी  काँकरभिट्टा अगाडी काेणसभामा परिणत भएकाे थियाे । सभाकाे अध्यक्षता काँकरभिट्टाका प्रहरी प्रमुख डिएसपी दिपक भारतीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि मेचीनगर- ४ का वडा अध्यक्ष अजुर्न कार्कीकाे रहेकाे थियाे । सभामा प्रज्ञा शुभद्रा भट्टराई अर्याल र माईती नेपालका गाेविन्द घिमिरेले आफ्नाे मन्तव्य राखेका थिए ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे आयाेजना रहेकाे साे कार्यक्रममा सहकार्य मेची सामुदायिक सेवा केन्द्र, मेची नगरपालिका, माईती नेपाल, साना हातहरु, विश्व सेवा विस्तार, साहसी महिला नेपालकाे रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालक प्रहरी नायव निरिक्षक मिलन राईले गरेकी थिईन् । लैङ्गकि हिसा विरुद्ध   याे अभियान मेचीनगरमा १६ दिनसम्म विभिन्न कार्यक्रम आयाेजना गरि निरन्तर गरिरहने डिएसपी भारतीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *