२०८१ मंसिर १३, १४:३६
#छापाबाट

घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न सरकारसँग अनुरोध

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको छ।

“खासगरी हिजोको प्रदर्शनमा सम्बोधन गर्ने क्रममा, त्यसपछि नारा जुलुस गर्ने क्रममा घृणायुक्त अभिव्यक्तिहरू धेरै आएको, एक अर्काको मर्यादामा आँच आउने, चोट पुग्ने गाली गलाैज गरिएको पाइएको छ ,” प्रवक्ता डा. टिकाराम पोखरेलले थपे, “घृणायुक्त अभिव्यक्ति चाहिँ बन्द गरिनुपर्छ। यो  देशको संविधान, कानुन, अन्तरराष्ट्रिय कानुन, मानवअधिकारका मूल्य मान्यता विपरित हो। ”

आयोगको टोलीले शुक्रबार गरेको अनुगनका क्रममा दुर्गा प्रसाईले प्रदर्शन गर्ने भनिएको तीनकुने क्षेत्रमा प्रदर्शनका लागि भेला भएकालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ रोक लगाएको अुनगमनको क्रममा पाइएको बताएको छ।

 

घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि  बल प्रयोग नगर्न सरकारसँग अनुरोध

राजतन्त्र मरेको प्रेत हो अब फर्किदैनः एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *