२०८१ कार्तिक ६, १२:१६

सहरेडाँगीमा १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

८ मंसिर, चारआली – झापाको मेचीनगर-१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ।  पञ्चवटी वीरभद्र महाकाली धामले आगामी मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने आज पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएका छन्।

मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले यो पुराणको आयोजना गर्न लागिएको आयोजक समितिले जानकारी दिएका छन्। । पुरणमा  २५ लाख खर्च हुने पुराण प्रचार-प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताए।

२०७२ सालमा स्थानीय रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उनका मातापिता/सासुससुरा यशोदा र अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो। उनले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा सपोर्ट नापीबाट जग्गा थप भएपछि हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले जनएका छ्न ।महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले महापुराणको सफलताका लागि सञ्चार क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, पुराण आयोजक समितिका पदाधिकारी एवम् धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सहरेडाँगीमा १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

छिट्टै बिर्सने बानी छ ? त्यसो भए

Leave a comment

Your email address will not be published. Required fields are marked *