२०८१ कार्तिक ६, १२:२२

बल्खुमा प्रसाईं समर्थक र प्रहरीबीच झडप

व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका सहभागीहरु बल्खुबाट कुलेश्वरतर्फ छिर्न खोज्दा प्रहरीसँग झडप भएको छ। बल्खु क्षेत्रमा जम्मा भएका आन्दोलनका सहभागीहरु कुलेश्वरतर्फ पस्ने प्रयास गर्दा प्रहरीले रोक्न खोजेको थियो। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ। प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारीहरू तितरबितर भएका छन्।

बल्खुमा प्रसाईं समर्थक र प्रहरीबीच झडप

रिक्त शिक्षक दरबन्दी संख्या पठाउन निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *