२०८१ कार्तिक ६, १४:२२

मंसिर ०७ गते बिहिबारको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आम्दानी सामान्य र खर्च बढी हुनाले मनमा पीर परिरहला । व्यावसायिक काममा सोचेकोजति प्रगति देखिन्न। सानो-सानो कुरामा समेत घरपरिवारमा कचिङ्गल परिरहनेछ। जागिरकै क्षेत्रमा समेत तपाईंलाई मद्दत गर्नेभन्दा दोष देखाउने धेरै हुनेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन राम्रैखालको छ । काम गर्ने उत्साह बढ्ला भने गरेका काम बन्नेछन् । खर्च त घट्ने छैन तर आम्दानीको स्रोत बलियो हुनाले त्यति डराउनुपर्ने स्थिति छैन । वादविवाद बढी पर्ला तर पनि विजय तपाईंकै निश्चित छ । मित्रहरूले राम्रै सहयोग दिनेछन् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मनमा अलि–अलि शङ्का र भय त होला तर त्यसले खास बिगार गर्ने देखिन्न। काम गर्ने उत्साह प्रशस्त बढ्ला। गरेका काम बन्ने पनि छन् ।  तपाईंबाट असल एवम् कल्याणकारी काम हुन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
भोलि बिहिबारको दिन त्यति राम्रो देखिन्न । त्यसैले थोरैमात्र बोल्ने र बढी रकमको लेनदेन नगर्नुहोस् । कूटनीतिक प्रतिभा नभए पनि बौद्धिक स्तर त्यति घटेको छैन । स्वास्थ्यस्थिति मध्यम रूपमा रहला । देवीको दर्शन गर्नुहोस्

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मध्यमखालको दिन छ । दौडधुप बढी गर्नुपर्ला अनि मात्रै केही काम बन्नेछन् । सोचेकोभन्दा थोरैमात्र लाभको स्थिति देखिन्छ । सानोतिनो यात्रासमेत पनि होलाजस्तो छ । प्रेम वा विवाहको कुरा भने हाल भाँडिन सक्छ । इन्द्राणीको दर्शन गर्नुमा कल्याण हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
भोलिको दिनलाई त्यति राम्रो भन्न सकिन्न । सानो–सानो कुरामा पनि वादविवाद परिरहला । सङ्घर्ष नगरीकन कुनै पनि काम बन्ने छैन ।आउँदा दिनमा भने केही सफलता नै प्राप्त होला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
शत्रु बाधा र स्वास्थ्य बाधा दुवैको सामना गर्नुपर्ने बेला छ । गणेशको सेवा नगरीकन कुनै पनि काममा खास सफलता पाउनुहुने छैन । शिक्षाको क्षेत्रमा समेत धेरै अवरोध आउनेछन् । व्यावसायिक कामबाट सामान्यखालको लाभमात्र लिन सक्नुहुन्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सुरुमा शरीरमा बिसन्चो हुन सक्छ । पेटसम्बन्धी सिकायत भइरहला । दिन राम्रै खालको छ । अलिकति परिश्रम थपेमा निकै काम बन्ने पनि छन् । तर, समस्यासित कुस्ती खेल्नुपर्ने स्थिति भने छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सामान्य रूपले केही काम बन्ला तर स्वास्थ्यका कारणले लक्ष्य प्राप्त गर्नुहुने छैन । हातले समातेको व्यवसायले गतिलै लाभ देला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
खर्च त घट्न सक्ने छैन तर आम्दानी राम्रो हुनाले खास समस्या पर्ने देखिन्न । शिक्षाकै काममा बढी खर्च हुन जाला । मनमा अलि–अलि डर लागिरहला । प्रेमबारे सकारात्मक कुरा हुनेछन् । विवाहको कुरा पनि प्रगतितिर नै जानेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
भोलिको दिनलाई राम्रो रूपमा लिन सकिन्छ । अस्थिरता र शङ्का भए पनि बिग्रने समय छैन । मित्रहरूसँग भेटघाट हुने र भोजभतेर पर्नेसमेत देखिन्छ । नजिकका भन्दा पनि टाढाका मित्रबाट गतिलो सहयोग मिल्ला । व्यापारको काममा हानि छैन।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
खर्च बढे पनि रमाइलो गर्न छोडिने छैन। मनोरञ्जनका कार्यक्रम प्रशस्त हुनेछन्। मित्रहरूको सहयोगले केही नयाँ कामसमेत हातमा पर्न सक्छ। गणेशको आराधना नगरीकन बढ्दो खर्चलाई पु¥याउन गाह्रो पर्ला । केही नयाँ साथीसमेत थपिन सक्छन्।

#mechipress.com

आज तुलसीको विवाह गर्ने, दिनहरिबोधिनी एकादशी

Leave a comment

Your email address will not be published. Required fields are marked *