इजरायल-हमासबीच चार दिने युद्धविराम
काठमाडौं : इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ। यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन्।
इजरायलको मन्त्रिपरिषद्मा बन्दी रिहाइका लागि हमाससँगको जारी युद्ध रोक्नेबारे मतदान भएको थियो। प्रस्तावित चार दिने युद्ध विरामलाई मन्त्रिपरिषद्ले पारित गरेको हो।
कतारको मध्यस्थतामा अघि बढेको युद्ध विरामको प्रस्तावलाई हमासले पनि सकारात्मक भनेको छ।
युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ।
पहिलो चरणमा ५० जना रिहा हुने छन्। नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ तर अहिले सम्म पनि जोशीको कँहा छन् भन्ने पत्ता लागेको छैन।