२०८१ कार्तिक ६, १२:१६
#सूचना

मृत्यु हुनेको संख्या तीन पुग्यो

झापा –इलामको रोङ गाउँपालिका- ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार बिहान ९ बजेतिर बीएण्डसी अस्पतालमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने ६० वर्षीया शान्तमाया तामाङ रहेकी छन्।

यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको आइतबार साँझ  घटनास्थलमै मृत्यु भएको थियो।

सूर्यलाई अर्घ दिई छठ पर्व पनि सकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *