२०८२ जेष्ठ ९, ०३:२१

रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, लामिछानेले सोमबार बस्ने केन्द्रीय समितिको बैठकको सभापतित्व गर्नेछन्। उनले गत पुस ८ गते सम्पत्ति शुद्धीकरण कसुरको अभियोगपत्र दर्तापछि कार्यवाहक सभापति डीपी अर्याललाई जिम्मेवारी सुम्पिएका थिए।

नयाँ राजनीतिक विकल्प खोज्ने सम्भावना बलियो बन्दै

काठमाडौँ —देशका जनता अहिले राजनीतिक दलहरूबाट दिक्क भइसकेका छन्। जसको उदाहरण आज तीनकुनेमा राजाबादीहरुले गरको पर्दर्शनले देखन सकिन्छ । चुनावका समयमा देखाइने ठूलो आशा र वाचा चुनावपछि क्रमशः तुहिदै गएको अनुभूति जनताले गर्दै आएका छन्। विकास, समृद्धि, रोजगारी र स्थायित्वका नारा दिने नेताहरू चुनाव जितेपछि आफ्नै स्वार्थमा केन्द्रित हुने प्रवृत्तिले जनतामा गहिरो असन्तोष जन्माएको छ। […]

भीम रावल :देश भक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने

पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा  घोषणा गरेका छन् । राजधानीमा एक पत्रकार सम्मेलन गरी रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका छन् । ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई […]

गगन थापा : रक्तसञ्चार सेवा नि:शुल्क हुनुपर्छ

चितवन — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे । महामन्त्री थापाले भने, ‘रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई […]

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडौं । नेपालमा पहिलोपटक वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन । अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेलगत्तै वंशाणुगत परीक्षण सम्भव भएको हो […]

कुलमान घिसिङ : विश्व बैंक र एडीबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताए । उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन […]

जनार्दन शर्मा : सत्ता गठबन्धन संविधान संशोधन गरी समावेशिता हटाउन खोज्दैछ, तर त्यो हुन दिँदैनौं

काठमाडौँ — एमाले र कांग्रेसको सत्ता गठबन्धनले संविधानमा व्यवस्था गरिएको समावेशी र समानुपातिक व्यवस्था हटाउन खोजिरहेको प्रमुख प्रतिपक्षी दलका उपमहासचिव जनार्दन शर्माले बताएका छन् । सत्ता गठबन्धनले संविधान संशोधन गरेर समावेशी व्यवस्था हटाउन खोजिरहेको तर त्यो हुन नदिइने शर्माको भनाइ छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको सुनुवाइका क्रममा माओवादी सांसद […]

मेचीनगरको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरी १ देखि सञ्चालनमा आउने

मेचीनगर, । झापाको मेचीनगरमा नयाँ वर्ष सन् २०२५ को पहिलो दिन (पुस १७ गते) देखि क्यासिनोसहितको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । मेचीनगर-७ इटाभट्टामा राजमार्गसँगै रहेको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउने भएको सञ्चालक प्रज्ज्वल घिमिरेले जानकारी दिए । एक अर्ब ३० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउन लागेको होटलमा ८४ वटा आकर्षक डिलक्स र स्विट रुमहरु […]

गृहमन्त्रीको निर्देशन शेरा दरबार जग्गाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु

काठमाडौँ — नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले आइतबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरी महानिरीक्षक कुँवर र एआईजी थापालाई […]

रास्वपामा सक्रिय सभापतिको अभ्यास गर्दै डीपी अर्याल

काठमाडौं । सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीभित्र सक्रियता बढाएका छन् । लामिछानेले पार्टीभित्र सन्तुलन मिलाउन अर्याललाई पार्टी संगठन, अर्का उपसभापति स्वर्णिम वाग्लेलाई संसदीय दलको नेतृत्वमा लैजाने इच्छा व्यक्त गरे पनि संसदमा अर्याल नै हाबी बन्ने देखिएको छ । बिहीबार अर्यालले पार्टीका सबै […]

  • 1
  • 2