बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट पाँच मिटर तल्तिर पल्टिएको थियो।
बस पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेको पहिचान खुलेको छैन।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लैजाने कार्य भइरहेको छ।