“सरकारले घाइतेहरूको उपचारका लागि ‘जेन–जी स्वास्थ्य क्लिनिक’ सञ्चालनमा ल्याउने

काठमाडौँ — सरकारले जेन–जीको नेतृत्वमा भएको आन्दोलन तथा त्यसपछिका प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित उपत्यकाबाहिर ‘जेन–जी क्लिनिक’ सञ्चालन गर्ने भएको छ।

गृह मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालमा विशेष क्लिनिक सञ्चालन गरिने र घाइतेको पहिचान, वर्गीकरण र सहज उपचारका लागि विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरने साथै, गृह मन्त्रालयले असोज १२ गतेदेखि सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने र त्यही परिचयपत्रका आधारमा निःशुल्क उपचार तथा सेवा उपलब्ध गराउने जनाएको छ।

पुनः जाँच (फलो–अप)मा जानुपर्ने घाइतेका लागि एम्बुलेन्स तोकिने र सोको सम्पर्क नम्बर सार्वजनिक गरिनेछ। तोकिएका एम्बुलेन्समार्फत घाइतेले निःशुल्क अस्पताल आवतजावत गर्न सक्ने व्यवस्था पनि मिलाइने भएको छ। गत भदौ २३ र २४ गतेका प्रदर्शनमा धेरै जना घाइते भएका थिए, जसमा केही अझै पनि विभिन्न अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।