२०८१ कार्तिक ६, १९:०५

कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

झापा । कनकाई नगरपालिका-५ स्थित तुलसीवारिमा सञ्चालित छविलाल आचार्यको कुखुरा फर्ममा बुधवार राती अन्दाजी ९ः२० बजे आगलागी भएको छ ।

आगलागी हुँदा एक हजार बोइलर कुखुराका चल्ला, २४० केजी कुखुराको दाना, ३०० केजी मकै, १० मन धान र अन्य सरसामान जलेर नष्ट भएको छ ।

अन्दाजी २ कट्ठा जग्गामा रहेको सो कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर सञ्चालन गर्दै आइरहेको थियो ।

फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको र आगलागी के कारणले भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *