२०८२ जेष्ठ ९, ०२:०१
#कोशी #ब्रेकिङ न्युज #शिक्षा

एमिटी पब्लिक स्कुल : राष्ट्रिय अवार्डदेखि पुरस्कारसम्म वितरण

काँकरभिट्टा । अध्ययनसँगै अतिरिक्त गतिविधिमा अब्बल एमिटी पब्लिक स्कुलको द ड्युक अफ इडेनवर्ग इन्टरनेशनल अवार्ड हस्तान्तरण, वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार मेचीनगर–६ स्थित स्कुलको प्रांगणमा सम्पन्न कार्यक्रममा गत अप्रिल ४ मा नेपालका लागि बेलायतका राजदुत महामहिमबाट द ड्युक अफ इडेनवर्ग इन्टरनेशनल अवार्डको राष्ट्रिय अवार्डमा कास्य पदक प्राप्त २७ जनालाई प्रमुख अतिथिबाट हस्तान्तरण गरिएको थियो ।

विद्यालयका संस्थापक तथा प्रधानाध्यायक सुवर्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द गोर्खा मेमोरियल फाउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शैक्षिक वर्ष २०८१ को १ सय ९० जनालाई खेलकुद सप्ताहको पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी, परीक्षामा उत्कृष्ट ३ मा पर्ने कक्षा नक्षरीदेखि ९ सम्मका ३७ जनालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा ६ जना सरसफाई तथा अनुशासित विद्यार्थी तथा शिक्षकद्वय सृष्टि कार्की र सन्दिप गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी, कार्यक्रममा अभिभावकद्वय रिता अधिकारी र हरिमाया कुँवर सम्मानित भए ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङले स्कुलद्वारा सञ्चालन गर्दै आएका कार्यक्रम र विश्वव्यापी रूपमा प्राप्त उपलब्धिले शैक्षिक उन्नतिमा फड्को मारिरहेकामा बधाइ ज्ञापन गरे । उनले विद्यार्थीहरुलाई सिकेको सीपलाई प्राथमिकतामा राख्दै अघि बढ्न आग्रह गरे । आगामी दिनमा विद्यार्थीको कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पुरस्कृत विद्यार्थीलाई बधाइ ज्ञापन गरे । स्टुडेन्ट अफ द इअर जनिश भट्टराई घोषित भए ।

कार्यक्रममा रामकुमार दाहालले शुभकामना मन्तव्य राखेका थिए । अवार्ड कार्यक्रम र विद्यालयको नीति र उपलब्धिका बारेमा प्रिन्सिपल सुवर्ण भट्टराईले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सीता अधिकारीले गरेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *