बाहुण्डाँगी जेसीजले गर्यो संसदीय बैठक प्रणाली तालिम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनामा एक दिने संसदीय बैठक प्रणाली तालिम शनिबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा सम्पन्न तालिमलाई गछिया जेसीजका पूर्व अध्यक्ष प्रदिप बिष्टले प्रशिक्षण दिएका थिए ।
संस्थाका संस्थापक अध्यक्ष नवीन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको तालिम संयोजक सामुल राया रहेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष केवल निरौला, निवर्तमान अध्यक्ष देबु बानियाँलगायतको आतिथ्यता रहेको थियो । तालिममा सहभागीले संसदीय बैठक अभ्यासको महत्वका विषयमा जानेका थिए । बोर्डका पदाधिकारीलाई तालिम दिइएको हो ।
बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लगाइको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुष्मा मिश्रले गरेकी थिइन् ।