मेची कृषक सहकारीद्वारा अगुवा कृषकलाई अध्ययन अवलोकन भ्रमण

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाद्वारा अगुवा कृषकलाई अध्ययन अवलोकन भ्रमण शनिबारबाट शुरु गरेको छ । मेचीनगर–७ स्थित इटाभट्टामा कार्यालय रहेको सहकारीले ८३ जना कृषकलाई ५ दिनका लागि अध्ययन अवलोकन भ्रमण शुरु गरेको हो ।
५ दिने भ्रमण अन्तर्गत संस्थाले कृषकलाई जनकपुर, चितवन, देवघाट, लुम्बिनीलगाायतको स्थान भ्रमण गराउने भएको छ । संस्थाले नक्टाजिज भूमि साना सिञ्चाई आयोजना तथा गहुँबाली अनुसन्धान केन्द्र भैरहवाको समेत भ्रमण गराउने जनाएको छ ।
सहकारीद्वारा कृषकहरुलाई जागरूक, कृषिबाट आत्मनिर्भर तथा रोजगार दिलाउने उद्देश्यले आफ्ना शेयर सदस्यहरुलाई यो भ्रमणको ब्यवस्था गरिएको संस्थाका अध्यक्ष हरि बुढाथोकीले जानकारी दिए ।
सहकारीले मेचीनगरमा धान, तोरी, राजमा, जयघाँसको विउ कृषकलाई उपलब्ध गर्न अग्रणी भूमिका खेल्दै आएको छ । संस्थाले विभिन्न जातका चामल समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।