२०८२ बैशाख ७, ००:३८
#कोशी #ब्रेकिङ न्युज

इनर ह्वील क्लब अफ मेचीनगरद्वारा जागृत बाल आश्रमलाई खाद्यान्न सहयोग

मेचीनगर । इनर ह्वील क्लब अफ मेचीनगरले जागृत बाल जागरण आश्रमलाई शुक्रबार खाद्यान्न सहयोग गरेको छ ।

होली पर्वको अवसरमा क्लबले बाल आश्रममा रहेका बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । डिस्ट्रिक्ट नम्बर 350 क्लब नम्बर 8307 इनर ह्वील क्लब अफ मेचीनगरले आयोजना गरेको होली मिलन कार्यक्रमको खर्च बचाएर खाद्यान्न सहयोग गरेको इनर ह्वील क्लब अफ मेचीनगरकी अध्यक्ष दुर्गा आचार्य देवकोटाले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी परियारले गरेकी छिन् ।
क्लबले भोकालाई भोजन कार्यक्रम, किशोर किशोरीलाई स्वास्थ्य पराशर्म कार्यक्रम, स्वास्थ्य जनचेतना कार्यक्रम गर्दै आइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *