साना किसान बाहुण्डाँगीको वित्तीय साक्षरता तालिम सम्पन्न

बाहुण्डाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुण्डाँगीको आयोजनामा भएको सदस्य र गैर सदस्यलाई वित्तीय साक्षरता तालिम बुधबार सम्पन्न भएको छ ।
मेचीनगर–४ स्थित बाहुण्डाँगी सामुदायिक भवनमा सम्पन्न भएको तालिमको आर्थिक सहयोग साना किसान विकास लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय बिर्तामोडको रहेको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का बिर्तामोडका शाखा प्रमुख गणेशप्रसाद भट्टराई, जिल्ला कृषि संघका अध्यक्ष केशव सापकोटा र संस्थाका मुख्य प्रवन्धक पोषककुमार दर्जीले अन्तर समितिमा प्रशिक्षण दिएका थिए ।
यही फागुन २० देखि २८ गतेसम्म सञ्चालन गरिएको तालिममा ३ सय ९५ बढीको सहभागिता रहेको थियो । तालिममा सहभागी कृषक सदस्यहरुलाई विभिन्न जातको तरकारीका विउ समेत निःशुल्क वितरण गरिएको प्रबन्धक नरेन्द्रकुमार भट्टराईले जानकारी दिए । साना किसानले आफ्ना सदस्यहरुलाई अर्ग्यानिक तरकारी उत्पादनसँग जोड्ने कार्य गर्दै आएको छ ।