२०८१ आश्विन २९, ०९:२९
#ब्रेकिङ न्युज

गरिब दुखीको भगवान् बन्दै पत्रकार सामाजिक अभियान्ता घिमिरे

मेचीनगर। पत्रकारले समाचार मात्रै लेख्दैन सामाजिक कर्ममा हात पनि बढाउन सक्छ भन्ने एक उदहारण बनेका छन झापामा संचारकर्मी तथा सामाजिक अभियान्ता खगेन्द्र घिमिरे । उनलाइ खरो उपनामले समेत चिनिन्छ ।

संचार क्षेत्रमा सत्यको पक्षामा कडा प्रस्तुत हुने घिमिरे सामाजीक रुपमा दिन दुखी असहायको बिषयमा गम्भीर भएर आफ्ना प्रस्तुतीहरु मिडियामा सार्वजनीक गर्ने गरेका छन । उनले उठाएका बिषयले समाजमा सुधार सँगै भुइमान्छेका आसाको केन्द्र बन्ने गरेका छन् । पत्रकार खगेन्द्र घिमिरेले तीन साता अघि एउटा भिडियो फेसबुक वालमा पोष्ट गरे ।

आमाको निधनपछि काज किरियामा बसेका तीन अवोध बालबालिकाको तस्वीर । तस्वीरमै प्रस्ट देखिन्थ्यो । करुणाले भरिएको मलिन अनुहार फेस बुक वालमा पत्रकार घिमिरेले लेखेका थिए । यी अवोध बालबालिकाको भविश्य अव के होला ? आउनुहोस हातेमालो गरौं । यी बालबालिको लागि बस्ने घर निर्माण गरौं । घिमिरेले त्यसबेला संकल्पनै गरे १२ औं दिनको काम पछि एउटा घर निर्माण गरेरै छाड्छौं । उनले लिएको संकल्प यतिखेर सार्थक बन्दै गएको छ । उनको पोष्ट पछि आर्थिक सहयोग गर्ने मनकारी हातहरु जोडिने क्रम बढ्दो छ । भने घर निर्माणको काम समेत तीब्र रुपमा अघि बढेको छ ।

आर्थिक रुपमा विपन्न परिवार जसको बिहान बेलुकाको छाक टार्न दैनिक गुजारा नगरी सम्भव थिएन । न त घाम पानी छल्ने राम्रो ओत नै थियो, नत बिहान बेलुकाको छाक टार्ने अन्न, मेचीनगर १२ निवासी ४८ वर्षीय पद्यमा भूजेलले आफनो कलकलाउँदा साना नानीहरु र आफनो पतिलाई छोडेर यस धर्तिबाट सदाकालागि विदा भएपछि परिवारको सबै खुसी खोसिएको थियो । दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल (कक्षा ५), तारा भुजेल (कक्षा ४) र एक छोरी करुणा भुजेल (कक्षा २)को बिचल्ली भएको हो ।

उनीहरु स्थानीय बलभद्र माविमा अध्ययनरत छन् । “बालबालिकाको आमा बुवा दुबै मजदूरी गर्दथे,” बालबालिकाको अवस्थालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गरेर सहयोग जुटाउन पहल गरेका पत्रकार घिमिरे भन्नुहुन्छ–“आमाको मृत्युपछि ती बालबालिकासँग कात्रो किन्ने एक पैसा पनि थिएन । काजकिरिया गर्न एक मुठी चामल पनि घरमा थिएन ।” अर्काको मेलापातमा काम सघाउँदै आएका बाबु धनबहादुर भुजेलले खासै कमाइ नगर्ने र आमा पदमाले पालनपोषण गर्दै आएको कारण आमाको मृत्युपछि बालबालिकाको बिचल्ली भएको हो । तर छड्के अनुसन्धान मिडियाका सम्पादक घिमिरेको पहलमा काजकिरिया खर्च जुटेको छ भने हाल बास बस्नलायक पक्की घर निर्माणको कार्य अघि बढेको छ । मेचीनगर–१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरुको बसोबास रहेको छ ।

बगरको दश धुर ऐलानी जग्गामा उक्त झुपडी बनेको थियो । “सहयोग जुट्ने क्रम जारी छ,” घिमिरेले भन्नुभयो–“इँटा, सिमेन्ट र जस्ता पाताको पक्की घर बन्दै छ । बालबालिकाको शिक्षामा पनि सहयोग जुट्न थालेको छ ।” भान्सा घर, शौचालय र ट्यूवेल समेत निर्माण गरिने भएको छ ।

दाताहरुले नगद र घर निर्माणका सामग्री सहयोग दिने गरेका छन् । घर निर्माण सम्पन्न गर्न रु. १० लाखभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । घर निर्माण समितिको सदस्यमा गंगा सिम्खडा,मेचे, गोपी रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी, सन्दीप तिम्सिना, भीम कुँवर, कविन्द्र श्रेष्ठ र सुमित्रा गौतम रहेका छन् । घर निर्माण समितिका संयोजक घिमिरेले घर निर्माण सम्पन्न गर्न अझै आर्थिक अभाव भएकाले इच्छुक दाताहरुलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।

हाल फन्डिशनको काम पुरा भइसकेको र आगामी असार १५ भित्र घर निर्माणको काम सम्पन्न हुने छ । ‘पद्यमा दिदीको निधनको खवरले त्यहाँ पुँगे, त्यहाँको अवस्था देख्दा मन थामिएन नत खाने अन्न थियो, नत बस्ने घर नै घाम पानीबाट जोगिनै मुस्किल हुने अवस्थादेखेपछि सहयोगको लागि अपिल गरेँ,’ उनले भने,‘अहिले समिति नै निर्माण गरेर घर निर्माण कार्य थालेका छौं ।’ घर निर्माणार्थ हालसम्म विभिन्न ठाउँबाट दाताहरुले ४ लाख बढी नगद तथा बिभिन्न निर्माण सामाग्री संकलन भइसकेको संयोजक घिमिरेले बताए ।

उनका अनुसार हातेमालो जनसेवा समाजका केन्द्रिय सदस्य राम थापाले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने, कैलाश भट्टराई, देवेन्द्र अर्याल र सन्तोष खवासबाट ३५ बोरा सिमेन्ट, पदम खड्का, प्रेम खड्का, विष्णु बुढाथोक, दिनेश जैनबाट ३५ बोरा सिमेन्ट, मेचीनगर–१० का वडासदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बिमाको सहयोग गर्ने भएका छन् ।  कमल गौतम, याम बुढाथोकी, असिम दाहाल, भीम कुँवरबाट १ ट्याक्टर इँटा मेची महाकाली संयूक्त आवाजबाट २२ हजार नगद प्राप्त भएको छ ।

त्यसैगरी भूजेल समाज झापाबाट ५० हजार २ सय नगद तथा बिर्तामोड निवासी धिरज जैनले पिउने पानीको लागि कल गाडिदिएका छन् । यस अभियानमा हातेमाले गर्दै देश तथा विदेशबाट बिभिन्न दाताहरुले सहयोग पठाइरहेको तथा श्रमदान गर्न आउनेहरुको संख्या समत बढ्दै गएको उनले बताए । बाहुनडाँगी जेसीजले समेत श्रम दान गरेको जेसीजका अध्यक्ष देबु बानियाँले बताए । मेचीनगर–५ का उमेश उप्रेतीले घर निर्माणका लाग्ने काठ उपलब्ध गराएका छन् । त्यस्तै इँटा, रङ्गरोगन, पिउँने पानीको ब्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिँदै आएका छन् । उमेरले वृद्ध मृतक भुँजेलको श्रीमान धनबहादुर भुँजेल गाउँमा मेलापात र मजदुरी गर्दै आएका छन् ।

आफ्नो नाउँमा जमिन नहुँदा स्थायी बसोबास गर्न नसकेका भुँजेल परिवार बिगत ४ वर्षयता मेचीनगर–१२ स्थित हडिया खोलाको ऐलेनी जमिनमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

गरिब दुखीको भगवान् बन्दै पत्रकार सामाजिक अभियान्ता घिमिरे

लागुऔषधसहित तीनजना मेचीनगरबाट पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *