२०८१ आश्विन २९, २२:०४
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टा एफटिसीलाई हराउँदै बाहुनडाँगी च्याम्पियन

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा सम्पन्न दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले चुमेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई १ का विरुद्ध २ गोल गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।
बिजेता टिम बाहुनडाँगी फुटबल क्लबले नगद एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।
बाहुनडाँगीको दुवै गोल इञ्जुरी समयमा भएको थियो । बाहुनडाँगीका लागि पहिलो हाफको इञ्जुरी समयमा विशाल राईले गोल गर्दै अग्रता दिलाए । विशाल दर्जीले गरेको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक देवान भुजेलले पन्च गरेर बचाउँदा रिबाउन्ड भएको बललाई विशाल राईले जाली चुमाएका थिए । ६१ औँ मिनेटमा काँकरभिट्टाका आशिष चापागाईले फ्रिकिकमार्फत गोल गरेर टिमलाई बराबरी बनाएका थिए । बाहुनडाँगीका खेलाडीको हेन्डबल भएपछि काँकरभिट्टाले फ्रिकिकको अवसर पाएको थियो । बाहुनडाँगीका लागि दोश्रो हाफको इञ्जुरी समयमा रिक्की प्रधानले गोल गरेर टिमलाई जित दिलाए ।
खेलको म्यान अफ दी म्याच विशाल रार्ई घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक बाहुनडाँगीका अभिषेक चौधरी, उत्कृष्ट डिफेन्स बाहुनडाँगीकै रविन मगर, सर्वाधिक गोलकर्ता काँकरभिट्टाका आशिष चापागाई, उदयमान खेलाडी काँकरभिट्टाकै सेमि लिम्बु, उत्कृष्ट कोच बाहुनडाँगीका चन्द्र लिम्बूले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड सनसिटी फुटबल क्लब सलकपुरले प्राप्त ग¥यो ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको थियो ।
प्रतियोगिताको समापन समारोहमा बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व रहेको थियो । मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्गिल सहिद परिवार सदस्यका भाई नेत्रराज थापा क्षेत्री, संस्थापक अध्यक्ष नविन बराल, बाहुनडाँगी युवा क्लबका अध्यक्ष तथा पूर्व अध्यक्ष जीवन मोते, साना किसान सहकारी संस्थाका मुख्य प्रबन्धक पोषककुमार मोते, पूर्व अध्यक्ष, जसीजकर्मीलगायतको आतिथ्यता रहेको थियो । बाहुनडाँगी जेसीजका उपाध्यक्ष पवन बराइलीले स्वागत गरेको कार्यक्रममा आस्थापाठ अतिथि सत्कार संयोजक प्रतिमा रिजालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता भण्डारीले गरेकी थिइन् ।

काँकरभिट्टा एफटिसीलाई हराउँदै बाहुनडाँगी च्याम्पियन

मेचीनगर- ५ वडामा पाठेघर तथा स्तन क्यान्सर

Leave a comment

Your email address will not be published. Required fields are marked *