२०८१ बैशाख ३, २२:१४
#ब्रेकिङ न्युज

विदामा नेपाल आएका श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी गाउँपालिका – १ मा आज बिहानै विदेशबाट ४ दिन अघि मात्रै विदामा नेपाल आएका श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी – १ का ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए ।श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए ।

मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

 

विदामा नेपाल आएका श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रङ्गमञ्चमा आउँदैछ ‘त्यो फेरि फर्कला’

विदामा नेपाल आएका श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मेचीनगर- ५ वडामा पाठेघर तथा स्तन क्यान्सर

Leave a comment

Your email address will not be published. Required fields are marked *