२०८१ बैशाख ४, ०७:४१
#ब्रेकिङ न्युज #समाज

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

मेचीनगर । मेचीनगर–५ मा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् ।
शनिबार साँझ ७ बजेको समयमा मेचीनगर– ५ घोडाजिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्बरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ५५ की देवीमाया बि.क. र नबिन वि.क.की छोरी बर्ष ६ की निशा बि.क. लाई ठक्कर दिएको थियो । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा देवीमायाको साँझ ७ः३० बजे मृत्यु भएको हो । नाकमा चोट लागेकी बालिका निशाको अवस्था मध्यम रहेको जनाइएको छ ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा रहेको र चालक तत्काल फेला नपरेको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

आजबाट अप्रिमनसुन अवधि सुरु : देशभर बदली

Leave a comment

Your email address will not be published. Required fields are marked *