२०८१ बैशाख ३, २१:३९
#ब्रेकिङ न्युज

बालकल्याणको स्वर्ण महोत्सवमा शिक्षक माझीले गरे ‘सन्तलाल माझी फाउण्डेसन’ स्थापनाको घोषणा

मेचीनगर । बालकल्याण माध्यमिक विद्यालयले स्वर्ण महोत्सव विविध कार्यक्रम गरी भब्य रुपमा सम्पन्न गरेको छ । बालकल्याण माविको प्राङ्गणमा सम्पन्न कार्यक्रमको अवसरमा जग्गादाता, पूर्व व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, विभिन्न अक्षयकोष दाता, चन्दादातालगायतलाई सम्मान गरिएको थियो ।

स्वर्ण महोत्सवकै अवसरमा सम्मानित विद्यालयका शिक्षक सन्तलाल माझीले ‘सन्तलाल माझी फाउण्डेशन’ स्थापना गर्ने उद्घोष गरे । शिक्षक माझीले हाल फाउण्डेशनलाई १ लाख, मरणोपरान्त परिवारले प्राप्त गर्ने १ लाख गरी २ लाखको सन्तलाल माझी फाउण्डेसन स्थापनाको घोषणा गरिएको जानकारी गराए । विगत ३० वर्ष अघिदेखि अध्यापन गराई रहेका सन्तलाल माझी हाल विद्यालयको वरिष्ठ शिक्षक हुनुका साथै प्रा.वि. इञ्चार्ज हुन् । शिक्षक माझीले आफु सम्मानित हुँदा पाएको ५ हजार रकम भने विद्यालयले सञ्चालन गरेको सामूहिक अक्षयकोषमा हस्तान्तरण गरेका छन् । ७० जना आवद्ध रहेको सामूहिक अक्षयकोषमा ११ लाख ६३ हजार ७३ रुपैयाँ जम्मा भएको जनाइएको छ ।

वि.स. २०३१ सालमा बृक्षको फेद मुनिबाट सुरु भएको विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सब मनाउँदै गर्दा आठ ओटा पक्की भवन बनाई सकेको छ । कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको विशेष कार्यक्रम तय भएपछि उपस्थित हुन सकेनन् ।

प्रदेश सभा सांसद गोपाल तामाङ र मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष आतिथ्यता रहेको कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा प्रमुख होमनाथ भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष कनककुमार कार्की, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, विद्यालयका जग्गादाता, पूर्व प्रअहरु, पूर्व शिक्षकहरु, समाजसेवीहरु तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।

आफ्ना स्वर्गीय पिताको स्मृतिमा पूर्व विद्यार्थी राजु लामाले सरस्वती मन्दिर निर्माण गरिदिएका छन् भने स्वर्गीय पिता विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लोकबहादुर अधिकारी र माता रत्नमाया अधिकारीको स्मृतिमा अधिकारी परिवारले विद्यालयको ५० औं स्वर्ण महोत्सवको स्मारक निर्माणमा सहयोग गरे ।

सोही अवसरमा बालकल्याण माविका पूर्व विद्यार्थी समाजले विद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान समेत गरेका थिए । पूर्व विद्यार्थीको कार्यक्रम सचिव गगन ढकालले सञ्चालन गरेका थिए भने कार्यक्रममा समाजका अध्यक्ष नवराज सुवेदीले बोलेका थिए ।

विद्यालयद्वारा आयोजित स्वर्ण महोत्सव कार्यक्रममको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीले गरेका थिए भने कार्यक्रम सञ्चालन सहायक प्रअ राजिव गिरी र तारा पुरीले संयुक्त रुपमा गरेका थिए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले प्रतिवेदन प्रस्तुत गरे भने सहायक प्रअ धनराज पौडेलले स्मारिका सार्वजनिक गरेका थिए ।

बालकल्याणको स्वर्ण महोत्सवमा शिक्षक माझीले गरे ‘सन्तलाल माझी फाउण्डेसन’ स्थापनाको घोषणा

झापामा सर्पले डस्दा एकजना महिलाको मृत्यु

बालकल्याणको स्वर्ण महोत्सवमा शिक्षक माझीले गरे ‘सन्तलाल माझी फाउण्डेसन’ स्थापनाको घोषणा

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको

Leave a comment

Your email address will not be published. Required fields are marked *