२०८० फाल्गुन ९, ०७:४९
#ब्रेकिङ न्युज

गंगा मेमोरियललाई ५ विकेटले हराउँदै बालकल्याणले चुम्यो उपाधि

सुरेन्द्रनगर । मेचीनगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगिताको उपाधि बालकल्याण माविले चुमेको छ ।

बालकल्याण माविको खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा बालकल्याणले गंगा मेमोरियललाई ५ विकेटले हराएको हो ।

बालकल्याण माविको स्वर्ण महोत्सवको अवसरमा हामी स्वयंसेवी बाल क्लबद्वारा आयोजित प्रतियोगितामा बिजेता हुने बालकल्याणले २० हजार र उपविजेता गंगा मेमोरियलले १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्राप्त गरे । पहिले ब्याटिङ गरेको गंगा मेमोरियलले ८ विकेटको क्षतिमा ७५ रन बटुलेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको बालकल्याणले ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य हासिल गरेको थियो ।

खेलमा गंगा मेमोरियलका खेलाडी ध्रुव राउतले एकै ओभरमा ह्याट्रिकसहित ४ विकेट लिए पनि टिमको हार टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच बालकल्याण माविका कृष्णप्रसाद सुवेदी घोषित भए ।

प्रतियोगिताको म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान गंगा मेमोरियलका ध्रुव राउत, बेष्ट बलर नर्थ प्वाइन्टका नविन दास, बेष्ट क्याच गंगा मेमोरियलकै इमोन तामाङ, बेष्ट विकेटकिपर होलिबेल बोर्डिङ स्कुलका रिसभ न्यौपानेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

हामी स्वयंसेवी बाल क्लबका अध्यक्ष दिपिका ढुङ्गानाको सभापतित्व रहेको समापन कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गंगा मेमोरियल इङ्लिस स्कुलका प्रिन्सिपल केशरप्रसाद तिम्सिना, बालकल्याणका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरी, सदस्य खगेन्द्र भण्डारी, बालकल्याणका प्रधानाध्यापक नारायण न्यौपाने, खेल शिक्षक उज्जवल सुवेदी, गंगा मेमोरियलका खेल शिक्षक विकुल खडियालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कुलमणि भण्डारीले गरेका थिए ।

गंगा मेमोरियललाई ५ विकेटले हराउँदै बालकल्याणले चुम्यो उपाधि

दुई घरमा आगलागी हुँदा करिब ४ लाख

गंगा मेमोरियललाई ५ विकेटले हराउँदै बालकल्याणले चुम्यो उपाधि

‘मेरो गाउँ’ कबिता

Leave a comment

Your email address will not be published. Required fields are marked *