२०८० फाल्गुन ९, ०६:३५

अपरिचित यात्री

नमस्ते छ सबैलाई, म अपरिचित यात्री हु,

गन्तब्यको बाटो खोज्दै भौतारिएको पात्र हु।

 

पस्न खोज्दा सपनाको नगरभित्र बतास जस्तै,

दोबाटोमा रोकिएर अल्झिएको मात्र हो।

 

प्यासी हो म कर्मको,बढीरहन्छु अगाडि,

रोकिदिन तबसम्म बन्दिन म खरानी।

 

एक्लै हिड्छु सत्य बाटो,बन्दिन म गुलामि,

खुट्टा तान्ने मित्र सबैलाई सात तोपको सलामी।

 

घमण्डि रे समाज भित्र सत्य कुरा प्रष्ट राख्दा,

स्वार्थीहरुको जमातमा माथी चढ्ने हात माग्दा।

 

इमानदारी सस्तो भा छ , बेइमानिको बजार भित्र,

शुद्धताको भित्ता भरि पाखण्डिको लाग्यो चित्र।

 

छरपस्ट सपनाहरु, इच्छाहरु मरिराछ्न्,

कर्मठ मेरा पाईलाहरु अलपत्र परिराछ्न।

 

लक्ष्य मेरो चन्द्र छुने, गन्तव्य चाहिँ समाधी,

नतमस्तक किन हुन्छु चुनौतिको अगाडि।

 

अर्जुनको झै निशाना छ ,कृष्णको झै योजना,

जिते भने कहानी बन्ला हारे समबेद्ना।

लेखक -अशाेक दाहाल

अपरिचित यात्री

”छि म होइन मेरा ति भाग्यले” कविता

Leave a comment

Your email address will not be published. Required fields are marked *