२०८१ भाद्र २९, ०७:०८
#खेलकुद #ब्रेकिङ न्युज

थन्डर्स र यलम्बर एफसी फाइनलमा, उपाधि होडबाट बाहिरिए सलकपुर र देविगञ्ज

मेचीनगर । थन्डर्स एफसी ‘बी’ र यलम्बर एफसी प्रथम टोकला नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।
थन्डर्स एफसीले देविगञ्ज एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै उपाधि होडमा आफ्नो दर्विलो उपस्थिति जनाएको छ । थन्डर्सका लागि खेलको पहिलो हाफको २ मिनेटमै सविन मगरले गोल गरेका थिए । रिवाउन्ड बललाई मगरले सोझै जाली चुमाएका थिए । त्यसैरी, दोश्रो हाफको चौथो मिनेटमै थन्डर्सका पुरन मगरले देव्रे साइडबाट सेकेन्ड बारतर्फ गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच थन्डर्सका सविन खपाङ्गी घोषित भए । खेलमा थन्डर्सको २ खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए ।
त्यसैगरी, दोश्रो सेमिफाइनल खेलमा यलम्बर एफसीले सलकपुर एफसीलाई सडन डेथमा पराजित गरेको थियो । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरबाट टुङ्गिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथबाट टुङ्गिएको थियो । यलम्बरका तर्फबाट खेलको १७ औँ मिनेटमा जुसाङ लिम्बुले गोल गरेर अग्रता दिलाए । सलकपुरका तर्फबाट दोश्रो हाफको १८ औँ मिनेटमा पर्शु रैलुले बराबरी गोल गरेका थिए । खेलमा सलकपुरका रिक्की प्रधानले रातो कार्ड पाएका थिए । ६ जना सीमित सलकपुर सम्हालिएर खेल्दै थप गोल गर्न दिएन । अन्य थप गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । फाइनल खेल २० गते शनिबार हुनेछ ।

नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट

”छि म होइन मेरा ति भाग्यले” कविता

Leave a comment

Your email address will not be published. Required fields are marked *