२०८० फाल्गुन ९, ०८:२०

स्वतन्त्र पार्टीद्वारा आयोजित शिविरमा ३सय ८जनाको स्वास्थ्य परिक्षण

मेचीनगर, पुस १६ । राष्ट्रिय स्वतन्त्र पार्टी मेचिनगर ९ कमिटीको आयोजनामा मेचिनगर ९ स्थित हरि आधारभूत विद्यालयको प्राङ्गणमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पुस १५ गते सम्पन्न स्वास्थ शिविरमा आँखा परिक्षण, दन्त परीक्षण र फिजिसियन सम्बन्धी निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा ३ सय ८ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

वडा नं.९को माथिल्लो भागका केहि टोलहरुलाई मध्यनजर गरेर पहिलो कार्यक्रम राखिएको पालिका सभापति कमल गौतमले जानकारी दिएका छन् ।

कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीका कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, जिल्ला इन्चार्ज उमेश खरेल, शिक्षा प्रमुख प्रेम सागर घिमिरे, क्षेत्रिय सभापति भिम कुँवर लगायतको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *