२०८० फाल्गुन ९, ०६:४०

प्रथम जोरसिमल कप २०८०ः एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई हराउदै उपाधि जित्न सफल

मेचीनगर,पुस १६ । मेचीनगर-७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा एनएफसी धुलाबारी विजयी भएको छ।

एनएफसी धुलाबारी र ब्रदर एफसि विचकाे फाइनल खेलमा एनएफसी धुलाबारीले चार गाेल गरे भने ब्रदर्श एफसी २ गोलमा सिमित भयो।

पाँच गाेल गर्नेमा निरज कार्की ,आदित्य ढुङगेलले एक एक गाेल गरे भने सेवक थापा मगरले दुई गाेल गरे।

खेलकाे म्यान अफ दि म्याच आदित्य ढुङगेल घोषित भए। ढुङगेललाई हिमालयन अङ्ग्रेजी स्कुल धुलाबारीका सन्चालक धनराज थापा मगरले ट्रफि र नगद ५०० सहित हस्तान्तरण गरे।

उत्कृष्ट डिफेन्डर एन्जल गुरुङ भए। उनलाई रविनशन थापा मगरले ट्रफि  हस्तान्तरण गरे। थापा मगर मेचीनगर पालिका अमिन हुन्।

यता जस्वत मेचे र आयुर शिव उदाउँदो खेलाडीकाे उपाधि हात पारे। उनीहरुलाई खेल प्रेमी युवा सुन्दर मेचे र मेचीनगर फुटबल काेच डि के धिमालकाे हातबाट ट्रफि  हस्तान्तरण भयो।

प्रतियोगिताको एनएफसी धुलाबारी विजेता टिमलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले उर्फ मामा र वडाध्यक्ष प्रलात मणि ओलीकाे हातबाट  नगद ३१हजार र ट्रफी हात पारे भने उपविजेता टिमलाई आयाेजककाे तर्फबाट सन्जय मेचेले नगद २१ हजार सहित ट्रफी बितरण गरे।

अन्ततः जाेसिमल सहकारी संस्थाका व्यवस्थापक सुशिला भण्डारीकाे हातबाट सम्पूर्ण फाईनल खेलका विजेता र उपविजेता टाेलीहरुलाई ट्रफि र प्रमाणपत्र वितरण गदै समापन भयो।

प्रथम जोरसिमल कप २०८०ः एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई हराउदै उपाधि जित्न सफल

हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *