२०८१ आश्विन २९, ०९:५८
#छापाबाट #ब्रेकिङ न्युज

२५ डिसेम्बर अर्थात् आज इसाई धर्मालम्बीको क्रिसमस डे

इसाई धर्मावलम्बीले सोमबार २५ डिसेम्बर मनाउँदैछन्।

अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन्।

‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *