केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाए
दमक ,मंसिर २६-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ।
मंगलबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै नाराबाजी समेत गरेका छन्।
फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन्।
कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए।