२०८१ कार्तिक २३, ०४:०२

जाडोमा आगो ताप्दा यी कुराहरुमा ध्यान दिने

झापा: यतिखेर देशभर नै ह्वात्तै चिसो बढेको छ। चिसो बढेसँगै देशभर नै विहान-बेलुकीको  जनजीवन प्रभावित बनेको छ।

जाडोयाममा  शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका उपायहरु अपनाए पनि पर्याप्त सावधानी नहुँदा अप्रिय घटना हुने गरेका छन्।

जाडो बढेसँगै आगो ताप्दा, हिटर बाल्दा वा गिजर जस्ता विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा मात्रै होइन मानव जीवनमै असर गर्ने हुँदा सजकता अपनाउनु पर्ने हुन्छ।

 

यसरी सुरक्षित हुन सकिन्छ 

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ
– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ
– आगो ताप्दा वा हिटर बाल्दा कागज ,कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ
– आगो तापिसकेपछि त्यसलाई पूर्णरुपमा निभाउने गरौँ
– हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ
– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौँ
– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ
– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ

यसैलाई मध्यनजर गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतमा पर्याप्त सावधानी अपनाउन आग्रह गरेको छ।

श्री मेची कृषक बहमुखी सहकारी संस्था लि

जाडोमा आगो ताप्दा यी कुराहरुमा ध्यान दिने

हेर्नुहोस् मंसिर २४ गते आइतवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *