आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ। छठपर्व गर्ने व्रतालुले आज पहिलो दिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन्।छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधी गर्छन्।
तेश्रो दिन शनिबार खरना मनाइन्छ।यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ।यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्।ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। धुलावारीको निन्दा खोला र काकटभिट्टाको मेची खोलामा पूजा गर्नैको भिड हुन थालेको छ।
पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व लाई बिदा दिईन्छ।