पटेकालाई रोक लगाउन माग
काकडभिठ्ठा। पटका पड्काउँदा प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा सिधै असर पर्ने भएकोले त्यसलाई रोक्न मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले स्थानीय सरकार र प्रहरी प्रशासनलाई ध्यानाकर्षणसहितको पत्र बुझाएको छ ।
शुक्रवार समाज र अभियानका अगुवा, समाजसेवीहरुले मेचीनगर नगरपालिका तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जथाभावी पटका, आतिशवाजीले प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा असर पर्ने भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।
समाजका अध्यक्ष देवेन्द्रकुमार खरेल र अभियानकी अध्यक्ष रचना घिमिरको नेतृत्वमा गएको टोलीले मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र इप्रका प्रमुख एवम् डीएसपी दीपक भारतीलाई सो विषयमा ध्यानाकर्षणसहितको पत्र बुझाएको थिए ।